Friday, January 12, 2007

मनका रहर हरु

आज चाँही मैले मेरो साथी ध्रुब कुमार थापाको कबिता राख्ने प्रयाश गरेको छु ।

नुनिलो आँसुको सागरमा
पौडिरहेछ परेलि हरु,
निस्ठुरीको यादमा
मन बहलाउनको लागि
यो जिन्दगिको खेलमा
हार र जितको दोसाद मा उभिएर
खै के पो हुन्छ होला भनेर

कसरी भनु म तिमी बिना
यो भिषण युद्धको रणभुमिमा
पिरोलिएको छ यो जिबन भनि
यो जित, जित होइन
हार्न त कहिले हुदैन
को सँग किन जित्त्ने?
फेरि किन कोहि सँग हार्ने
हार र जितको बाजि
मिलन बिछोड्को कथा जस्तै
रोदन र हाँसोको सङार नेर
दिन पछिको रात अनि
रात पछिको उहि तस्बिर
निसन्देह बदलि भएझै
चलिरहेछ जुनि-जुनि नटुट्ने
झिना मसिना
आसा लियर । । । । ।
चैत मासको खडेरि वा भदौरे भेल
एउटा आकास र अर्को धेर्ति
इ बिचको सम्बन्ध दिगो भयझै
एउटा बिना अर्काको सम्भावना
सायद कल्पना भित्रनै हराउछ
त्यसरीनै,
म तिमी भित्र हराए,
पुरिएत्यो दिल भित्र यो दिल को घरजम गरे
कसैले छुटाउन नसक्ने गरी
जोस र जागर बनेर हुताइ दिन्छ
हर पल हर क्षण तिमी भित्र
नै हराउन मन लाग्छ
तिमी सँगै जिवन बिताउन मन लाग्छ । । । । । । । । । । । । । ।

ध्रुब कुमार थापा

No comments: