Saturday, February 3, 2007

मेरो प्रबासी साथीको स्मृतिका पानाहरु (पहिलो भाग)

मैले यहाँ मेरो प्रबासी साथीद्वारा प्रेसित एउटा सस्मरण को पहिलो भाग राख्ने प्रयास गरेको छु र फेरी बाँकी भाग हरु पनि राख्दै जानेछु ।

"मरेको बिश्वास"

सबैको आ-आफ्नै कथा र ब्यथा हुन्छन् । बाध्यता र विवसता हुन्छन् । त्यही कथा र बाध्यता र बिबसता भित्रको निरषताको भावना पल्टाई रहदा बिश्वमान चित्रलाई नै केलाएर हेर्ने हो भने अधिकाँस ठाँउ गाउ बस्ती र पाहाड अनि खोँचहरुले भरिएको छ ।

सागर माहासागर अनि हिमालय पर्बत र जङली बाताबरण हिउनै हिउले खाएको प्राकृतिक दृस्यले भरि भराउ छ । यही तथ्यलाइ पछाउने नै हो भने हाम्रो मातृभुमी नेपाल अधिराज्य पनि भु-विखन्डन र बिषमताको हावापानी पाउने देसको रुपमा संसार सामु चिनिएको छ । धेरै जसो मानिसहरु गाउमानै बसोबास् गर्छन् । खेती, पाति गाईबस्तु र मेलापातमा दैनिक गुजरा गरी बंश धान्ने कामहरु गरिरहेको छन । पृथ्वीको एउटा गहनालाई जन्म दिई धर्तिको खोंचमा रहेको, बिकसित राष्ट्रबाट उल्झन बनी बिकासको बाटो पहिल्याई रहेको मेरो देश नेपाल हो । नेपाल भित्रको सानो पिछडिएको गाउ, उतरपूर्वि चिनको सिमानाको पातलो बस्ती, त्यही बस्ती भित्रको खरले छाएको स-साना घरका झुप्राहरु तर माया ममता र सहयोगको पवित्र सँगालो बनेको मेरो घर अनि त्यो झुपडी भित्रको म मान्छे । स्वदेशमा चाकडी गर्न नसकेर भनौ वा जागिरको दुर्लभ स्थितिले वा धन कमाउने लोभ र लालचले भनौ, परिवारको गुजरा चलाउने मनस्थिती बोकेर बिदेशिन वाध्य भएको छु । बिदेश भन्ने बितिकै सबैको मन बिकसित अनि भोक बिलासमा मस्त पश्चिमी राष्ट्रहरुको कल्पना गर्न थाल्छन् तर म त्यहाँ पुगिन, म त्यहाँ पुगे जहाँ आदी अनादी कालदेखि युद्वले तहस् नहस् भएको राष्ट्र, जुन ठाउको नाम अझै लिदा पनि मानिसहरुको ओठ तालु सुकेर आङ जिरिङ्ग गरेर आउछ । अझ मरुभुमिको चरम सिमा भएको ठाउ तथा हिमपुरी भन्दा पनि फरक पर्दैन । गर्मिको याममा फुल बाहिर राख्दा पनि उसिनिन्छ भने ठन्डी महिनामा पानी पनि ढुङ्गा बन्छ । बर्षाको बदला धुलो चारैतिर उडिदिन्छ । आँधिहुरी र प्रचन्ड गर्मिको त्रीबेणी भित्र बाच्नु शिवाय अझ केही हुँदैन । जब कोठाबाट बाहिर निस्किइन्छ बादलको ठाउमा तुवाँलो भेटीन्छ । उर्बरा माटोको ठाउमा बारुदे सुरुङ को बिशेषता भएको देशमा म भबिस्यको सुनौलो आशाको दियो बालेर सम्भावनाको खेती गरिरहेको छु ।

यस्तै ईच्छा चाहना र कल्पनामा डुबेर यहाँ छिर्नेहारुको सख्या हजारौ भैसकेको छ।यस्तै -यस्तै कथा र ब्यथा बोकेका नेपालीका सन्तानहरु काबुल मा छापछाप्ति भेटीनछन । दलालको कमैनी थलो बनेको यो भुमी कति छोराहरु को लागि काल बनेको छ । धेरैको घर खेत सबै लीलाम हुने अवस्थामा छट्पटाइ रहेको छ ।कति चेली बेटिले ठुलो आसा बोकेकोमा आप्नै अस्मिता बेचेर गुजरा चलाइरहेका छन । कोही यसै गरी-गरी कामामा रात दिन खटि रहेका छन । यस्तै परिबेसमा काबुलको मुटुमा रहेको सुप्रीम फुड सर्भिसको कठघरामा म पनि उभिरहेको छु ।

-ध्रुब कुमार थापा

No comments: